तपाईँ सुन्दै हुनुहुन्छः

साउदी अरबमा दुई सय नेपाली नर्सको माग

काठमाडौँ । नेपाली नर्सका लागि साउदी अरब नयाँ गन्तव्य बन्न थालेको छ । 

मनास्लु इन्टरनेशनल सर्भिसका अनुसार हालसम्म त्यहाँका विभिन्न अस्पतालमा करिब छ सय नेपाली नर्स कार्यरत रहेका छन् ।

काठमाडौँमा आज आयोजित एक अन्तरक्रियामा साउदी अरबमा थप नेपाली नर्सको माग बढेको जानकारी दिइयो । 

नेपाली नर्सलाई साउदी बेस मल्टी नेशनल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुपले यो वर्ष थप दुई सय नेपाली नर्सको माग गरिएको मनास्लृु इन्टरनेशनल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

सन् २०१९ देखि नेपाली नर्सहरू साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button