तपाईँ सुन्दै हुनुहुन्छः

झापामा आइतबारदेखि पाठ्यपुस्तक उपलब्ध हुने

झापा । वैशाख ३ गतेबाट नयाँ शैक्षिक सत्र शुरु भए पनि झापाका सामुदायिक विद्यालयमा आइतबारदेखि मात्र पाठ्यपुस्तक उपलब्ध हुने भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले पहिले हिमाली जिल्लामा पुस्तक गएकोले तराईमा पुस्तक वितरणमा केही ढिलाइ भएको बताउनुभयो । उहाँले आइतबारदेखि सबै विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुने जानकारी दिनुभयो ।

कक्षा एकदेखि पाँचसम्मको सबै पुस्तकहरू आइसकेको भन्दै प्रमुख विश्वकर्माले कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक पनि बुधवारसम्ममा आइपुग्ने र आइतबारदेखि वितरण हुने बताउनुभयो ।

मेचीनगर– ५ स्थित बाल कल्याण माविका प्रधानाध्यापक नारायण न्यौपानेले आइतबारबाट पुस्तक विद्यार्थीहरूको हातमा पुग्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button