तपाईँ सुन्दै हुनुहुन्छः

नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत अवस्थामा फेला 

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत अवस्थामा फेला परेका छन् । 

आइतबार भीमदत्त नगरपालिका वडा नम्बर ११ भुजेलाघाटस्थित महाकाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का १८ वर्षीय दीपेन्द्र हमालको खोजी गर्दा शव फेला परेको हो । 

मलामी गएको अवस्थामा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हमालको खोजी कार्यमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको खोज तथा उद्धार टोली खटिएको थियो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button