नमोबुद्ध नगरपालिकाले आजबाट पुनः श्रम स्वीकृति दिने
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकाले आजबाट वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्न भन्दै व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति दिने भएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद लम्सालले आज एक सूचना जारी गर्दै आज कार्यालय खुलेसँगै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति नगरपालिकाबाटै हुने बताउनुभएको हो ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दो तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः स्वीकृतिका लागि आवेदन गर्ने कार्य नगरपालिकाको रोजगार सेवा केन्द्रबाट हुने भएको बताइएको छ ।
वैदेशिक रोजगार ऐन, २०६४ तथा वैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार वैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
यसअघि, चैत १६ गते नेपाल सरकार ९प्रधानमन्त्री तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री० स्तरीयबाट सम्बन्धित स्थानीय तहबाटै व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृति दिने निर्णय भएको थियो ।
सोही निर्णय अनुसार नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत आवेदन दिने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्