तपाईँ सुन्दै हुनुहुन्छः

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरका दुई छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

कञ्चनपुरको बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ सवार से ७ प ५९४२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–१० शिवनगर बस्ने २२ वर्षीय राम बहादुर चौधरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको ईशान मेमोरियल अस्पताल बेलौरी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १ जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

त्यस्तै, कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका(५ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिक सडकमा रोकी राखेको ना ५ ख ९७३२ नम्बरको ट्रकमा सु.प.प्र.०२००३ प ४४८२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक वेदकोट नगरपालिका–३ बस्ने ३६ वर्षीय कमलावती पाण्डेको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर भएका कमलावतीको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button