गरिबी विरुद्ध एकजुट हुन कर्णालीका मुख्यमन्त्रीको आव्हान
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विकासमा पछि पारिएको कर्णालीको समग्र क्षेत्रलाई माथि उठाएर समृद्ध प्रदेश निर्माणमा हातेमाले गर्न आव्हान गर्नुभएको छ ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा प्रदेश तथा देशवासीलाई शुभकामना दिँदै आज मुख्यमन्त्री शर्माले कर्णालीका नागरिकको मुख्य शत्रु ‘गरिबी’ भएकाले त्यसका विरुद्ध चलाइएको महाअभियानमा एकताबद्ध भएर जुट्न अपिल गर्नुभएको हो ।
उहाँले कर्णालीको आर्थिक सम्पन्नता, सामाजिक न्यायका तथा समृद्ध कर्णाली निर्माणका लागि प्रदेश बासीसँग विकास निर्माणका लागि एकजुट हुन आवश्यक रहेको बताउनभयो । सात दशक लामो सङ्घर्ष, त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा, आर्थिक सम्पन्नताका साथ समृद्ध नेपाल निर्माण गर्दै उहाँले समाजवादको बाटोमा अघि बढ्न सबै खाले पूर्वाग्रह र दुर्भावना त्याग्दै सकारात्मक सोचका साथ अगाडी बढ्न आग्रह गर्नुभएको छ ।
नयाँ वर्षले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रतिक्रियाको राजनीति नभएर सृजनशील प्रतिस्पर्धाको, विकेन्द्रित होइन केन्द्रित, नीति निर्माणमा बहस कार्यान्वयनमा एकरूपता, पद र प्रतिष्ठा नभई देश र जनतातिर फर्केर नेपाली माटोलाई माया गरी राष्ट्रको समृद्धिका लागि विपत्तिहरूको सामना गर्न उहाँले आव्हान गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्