राष्ट्रियसभाको बैठक सर्यो
काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ ।
भोलि बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।
‘मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३०) बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’, आज जारी सूचनामा भनिएको छ । रासस







प्रतिक्रिया राख्नुहोस्