चितवनको टाइगर ल्याण्ड होटलमा आगलागी

चितवन । चितवनको एक होटलमा आगलागी भएको छ । आज बिहान ११ बजे भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित जगतपुरको टाइगर ल्याण्ड होटलको सेमिनार हलमा विद्युत् चुहावट भई आगलागी भएको हो ।
आगलागी भएपछि इलाका प्रहरी कार्यालय गितानगर र अस्थायी प्रहरी चौकी कृष्णचोकबाट २० जनाको प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।
अहिले आगो निभाउन भरतपुर महानगरपालिका दुईवटा दमकल र खैरहनी नगरपालिका एकवटा दमकल जाँदै गरेको उहाँले बताउनु भयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्