प्रतिनिधिसभा बैठक बस्दै: सार्वजनिक सेवा प्रशारण विधेयक पेस हुने
काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक १ बजे बस्नेछ ।
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन, आ.व. २०७८/७९’ पेश गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसुची रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्