तपाईँ सुन्दै हुनुहुन्छः

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उदयपुर I गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई  गाईघाट बजारको मुख्य चोकबाट दक्षिणतिर जाँदै गर्दा  पश्चिमबाट तीव्र गतिमा आइरहेको मे१ख २१८४ नंको ट्रकले ठक्कर दिएको थियो ।  

 ट्रक तीव्र गतिमा आएका कारण सडकको छेउको बारसमेत भत्काएर मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । ट्रक चालक झापा जिल्ला कन्काई सुरुङ्गा नगरपालिका–६ का ३८ वर्षीय भूपेन्द्र राजवंशी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक राजवंशीलाई  नियन्त्रणमा लिएको सो कार्यालयका   प्रमुख ज्ञानेन्द्र फुँयालले बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button