सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका शीर्ष नेताबीच छलफलमा भएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्छ ।

संसद्को काम काम कारबाही प्रभावकारी बनाउनेबारे उहाँहरुबीच छलफल भइरहेको छ । छलफल अहिले जारी छ ।







प्रतिक्रिया राख्नुहोस्