तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी सीमा क्षेत्रमा मानव–हात्ती द्वन्द्व घटाउन गस्ती गरिने

भद्रपुर, झापा । पूर्वी नेपाल तथा भारतका जनप्रतिनिधि र स्थानीय प्रशासनले मानव–हात्ती द्वन्द्व घटाउन संयुक्त गस्ती गर्ने भएका छन् । 

दुवै देशका अधिकारीहरूले मानव–हात्ती सहअस्तित्वका लागि पहल गर्ने पनि निर्णय गरेका छन् ।

भारत नक्सलबारी ब्लकअन्तर्गत मनिराम जोत ग्राम पञ्चायतको मल्लाबारीमा शुक्रबार सम्पन्न दुई देशीय संयुक्त बैठकले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि संयुक्त गस्ती गर्ने सहमति गरेको हो । 

बैठकले दुवै देशमा रहेका र्यापिड रेसपोन्स टिम (आरआरटी) लाई प्रशिक्षण एवम् स्रोत–साधन उपलब्ध गराउने, दुबैतिर कृषि र घरको बिमा गर्नेलगायतका १७ बुँदे सहमति भएको मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले बताउनुभयो ।

हात्तीबाट वर्षौँदेखि दुवै देशका सर्वसाधारणले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै गस्ती गर्ने सहमति भएको बताइएको छ ।

नक्सलबारी ब्लक पञ्चायत समिति सभापति आनन्द घोषले दुवै देशले मिलेर हात्ती समस्या समाधान गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले एक–अर्काबीच दोषारोपण गर्नेभन्दा पनि समस्या पहिल्याएर चाँडो समस्याको निकास निकाल्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button