तपाईँ सुन्दै हुनुहुन्छः

पेरिस ओलम्पिक छनोट : नेपाल र भियतनामबीच दोस्रो खेल आज

काठमाडौं । पेरिस ओलम्पिक– २०२४ अन्तर्गत महिला फुटबलको एसियन छनोट राउण्ड वानको नेपालले आज भियतनामसँग दोस्रो खेल खेल्दैछ । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् ।

नेपाल र भियतनामबीचको खेल दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको थियो ।

दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button