सल्यानमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु, तीनजना घाइते
सल्यान । सल्यानको कालीमाटी गाउँपालिकामा स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ भने, छर्रा लागेर तीन जना घाइते भएका छन् ।
घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालीमाटी गाउँपालिका–७ स्वायनवासकी ९ वर्षीया पूजा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।
घाइते भएकी यमुना आलेलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्य दुई जनालाई नेपालगन्जमा उपचार गरिएको छ ।







प्रतिक्रिया राख्नुहोस्