तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याज पीडितको समस्या समाधान हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

आज बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ 

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर ब्याज पीडितको समस्या समाधान गर्ने बताउनुभएको छ । 

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई जवाफ दिनुहुँदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले मिटर ब्याज पीडितहरूको समस्या समाधान र न्याय दिलाउनेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

सांसदहरुले उठाएको प्रश्नले मिटर ब्याज पीडितहरू समस्या समाधान गर्न सरकारलाई थप बल पुगेको र सबैलाई यस विषयमा सहयोग गर्न अपिल गर्नुहुँदै उहाँले पीडितहरूको उजुरी लिने र छानविन गरि न्याय दिलाउने पक्षमा सरकार तयार रहेको र मिटर ब्याजीहरुलाई कारबाहीको दायरामा ल्याउन काम सुरु गरेको बताउनुभयो । 

मिटर ब्याज पीडितहरूको समस्यालाई अनुसन्धान मार्फत सरकारले उनीहरुलाई न्याय दिलाउने संसदमा उहाँले जवाफ दिनुभएको छ । 

शोषण गर्ने मिटर ब्याजीहरुलाई सरकारले संरक्षण नगर्ने र त्यो पीडाबाट मुक्त गर्ने सरकारले सामाजिक, आर्थिक रूपान्तरण प्रक्रियालाई अगाडी बढाउने एवं समृद्धिको यात्रालाई तीव्र पार्न जनताको समस्या समाधान गर्न राष्ट्र सहमति हुनु जरुरी रहेको उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठको भनाई छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button