१७ करोडको कोकिनसहित दुई महिला पक्राउ
काठमाडौँ । रु १७ करोड मूल्य बराबरको झण्डै आठ किलो कोकिनसहित दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत लैजान लागिएको उक्त परिमाणको कोकिन बरामद गरी भारत घर भएका भल्लालोमी र इस्थर ललिमपुइलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसको बजार मूल्य अहिले रु १७ करोडभन्दा बढी छ ।
दुई जनाले फरक फरक झोलामा फरक फरक समयमा हवाई मार्ग हुँदै कोकिन निकासी गर्न लागेको पनि ब्युरोले जानकारी गराएको छ । उनीहरूले लगेजमा फल्स बटम बनाएर कोकिन भारत लैजान लागेका थिए । विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले इन्डिगो विमानबाट भारत जान लागेका बेला भाल्लालोमीको लगेज शङ्का लागि जाँच गर्ने क्रममा कोकिन फेला परेपछि विमानस्थलको प्रस्थान कक्षबाट उनलाई पक्राउ गरिएको हो ।
उनले पनि भारत निकासीका लागि तयारी अवस्थामा सुटकेसभित्र फल्स बटम बनाई कोकिन राखेका पाइएको छ । आज सार्वजनिक विवरणअनुसार दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका प्रहरी उपरीक्षक जोशीले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्