तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धनकाे बैठक सकियाे, दिउँसो पुनः बस्ने

काठमाडौं । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनकाे बैठक सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो २ बजेभित्र सत्ता साझेदार दलहरुलाई आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिन आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल कृषि तथा वन विज्ञान विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह र भरतपुर विमानस्थलको टर्मिनल भवन शिलान्यासमालगायत विभिन्न कार्यक्रमका लागि चितवन जानु भएको छ ।

प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किनु भएपछि दिउँसो २ बजे पुनः सत्ता गठबन्धन बैठक बस्नेछ ।

प्रधानमन्त्री प्रचण्डले आजै (बिहीबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button