तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट पाल्हीनन्दनमा दुई जना घाइते 

प्रतिनिधी तस्वीर

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । आज  बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन -४ स्थित वैरवाको आँप र बाँसघारीको बगैँचामा बाघले एक्कासि आक्रमण गरेको हो ।

बाघको आक्रमणमा परि सोही स्थान बस्ने ४५ वर्षीय गजेन्द्र कोईरी र वडा नं. ६ लंगडिपाकड बस्ने १८ वर्षीय सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले  जानकारी दिनुभयो । कोइरीको मुख,नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको र दुवैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । 

घाइतेहरूको पाल्हीनन्दन अस्पताल लोहरौलीमा उपचार भइरहेको छ । बाघ अहिले पनि सोही बगैँचामा लुकेर बसेकाले वन कार्यालयको प्राविधिक टोली नियन्त्रणको लागि घटनास्थलतर्फ प्रस्थान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button