प्रदेशको पहिचान र संस्कृतिको उत्थानमा चैते दशैँ मेला महत्त्वपूर्ण : मुख्यमन्त्री अधिकारी

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले चैते दसैँ पर्व गण्डकी प्रदेशको पहिचानसँग जोडिएको बताउनुभएको छ ।
आज बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको चैते दसैँ मेलाको उद्घाटन गर्नुहुँदै उहाँले प्रदेशको पहिचान र संस्कृतिको उत्थानमा चैते दशैँ मेलाको महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले चैते दशैँ र स्थानीय उत्पादनको प्रवर्द्धनको मेलालाई संरक्षण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले उत्तर गङ्गा जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्न बागलुङले दबाब दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सांसद देवेन्द्र पौडेल र बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्