पर्यटन क्षेत्रबाट देशको समृद्धि : अध्यक्ष पोखरेल

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले देशको आर्थिक अवस्था बलियो बनाउन पर्यटन क्षेत्र महत्वपूर्ण हुने बताउनु भएको छ ।
शुक्रवार पत्रकार महासङ्घ बागमती प्रदेशद्वारा सिन्धुपाल्चोक र नुवाकोटको सीमा चिसापानीमा आयोजना गरिएको दुई दिने पर्यटन पत्रकारिता तालिम उद्घाटन गर्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँले अहिले देशको आर्थिक अवस्था कमजोर हुनुमा महत्त्वपूर्ण रहेको पर्यटन क्षेत्रलाई ध्यान नदिनु पनि एक रहेको बताउनुभयो ।
नेपालको आम्दानीको मुख्य आधार पर्यटन क्षेत्रनै रहेकोमा उहाँको जोड थियो ।नेपालमा पर्यटकीय क्षेत्र धेरै रहेको तर यसको प्रचार, पर्यटकलाई धेरै दिन बस्ने, खर्च गर्ने वातावरण बनाउन सके देश समृद्ध हुने उहाँको भनाइ छ । उहाँले पत्रकारको काम समाचार मात्रै नभै देश समृद्ध बनाउन अन्य ढङ्गबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
भोलिसम्म चल्ने तालिममा बागमतीका ९ जिल्लाका २० पत्रकार सहभागी रहेको प्रदेश सचिव युवराज पुरीले जानकारी दिनुभयो । तालिमको टिपि भुषाल, अशोक सिलवाल, कुबेर चालिसे लगायतले सहजीकरण गरिरहनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्