तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट ‘पिएम नेपाल’ पुनः सञ्चालनमा आएको छ । 

बुधबार बेलुकीदेखि सो ट्विटर ह्याण्डलमा अनधिकृत रूपमा प्रवेश गरी असम्बन्धित कुरा ट्विट भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

ट्विटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेसन’लगायत सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले जानकारी दिनुभयो । यसबारे सत्य तथ्य छिट्टै नै सार्वजनिक गरिने उहाँको भनाइ थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button