सत्तारुढ १० दलको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्तारुढ १० दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।
बैठकमा उपराष्ट्रपतिको निर्वाचन, सरकार विस्तारलगायत समसामयिक राजनीतिक विषयमा छलफल बताइएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्त ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सिके राउत, बाबुराम भट्टराई, पूर्ण बहादुर खड्का, प्रभु शाहलगायत नेताहरूको उपस्थिति रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्