तपाईँ सुन्दै हुनुहुन्छः

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । 

विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो । 

जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ । बैठक पार्टी कार्यालयमा बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button