तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका– ८ बराङ्दीमा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका छन् । आज बिहान करिब ८ बजे ज्योतिनाथ घिमिरेको घरमा ग्यास सिलिण्डर पड्किँदा ५२ वर्षीया पम्फा घिमिरे घाइते हुनुभएको हो ।

स्थानीय दयाराज न्यौपानेका अनुसार आज बिहान घिमिरेले खाना पकाउने क्रममा अकस्मात् सिलिण्डर पड्किएको थियो । घाइते घिमिरेमा सामान्य चोट लागेको छ । घरको भान्सामा क्षति पुगेको छ । घटना समयमै थाहा पाएपछि स्थानीयले ठूलो क्षति हुनबाट जोगाएका छन् ।

घटना भएको जानकारी थाहा पाउन साथ प्रहरी टोली घटनास्थलतर्फ पुगेको छ । घटनाको सम्पूर्ण विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button