उपराष्ट्रपतिमा चारै जनाको उम्मेदवारी कायम

काठमाडौं । चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा चार जनाको उम्मेदवारी कायम भएको छ । जनता समाजवादी पार्टीबाट दुई, जनमत पार्टीबाट एक र नेकपा एमालेबाट एक गरी चार जनाको उम्मेदवारी कायम भएको हाे ।
निर्वाचन अधिकृतको कार्यालयले चार जनाकै नाम कायम गरेर अन्तिम नामावली प्रकाशन गरेको छ । जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादव, जनमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) उपराष्ट्रपति पदको उम्मेदवार रहनुभएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले पार्टीको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव भएको बताउनुभयो ।रेडियो नेपालसँग कुरा गर्दै प्रवक्ता सुमनले उपराष्ट्रपति उम्मेदवार प्रमिला यादवले आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्