तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१० तिल्केनीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गए राति से ६ प २६६४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटरमा सवार भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने पदम केसीका छोरा १४ वर्षीय आयुष केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका केसीको भारतको भोजिपुरास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भने मन्त्र अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button