नेपालको परराष्ट्र नीतिलाई समय सापेक्ष बनाएर प्रकाशन गरी सार्वजनिक गरिने

काठमाडौँ । परराष्ट्र मन्त्री डा.विमला राई पौड्यालले नेपाल परराष्ट्र नीति सञ्चालनमा असंलग्नताको सिद्धान्तप्रति दृढ रहेको बताउनुभएको छ ।
नीति अनुसन्धान परिषद्ले आज काठमाडौँमा आयोजना गरेको नेपालको परराष्ट्र नीति २०७७ सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उहाँले नेपालको परराष्ट्र नीतिलाई समय सापेक्ष बनाएर प्रकाशन गरी सार्वजनिक गरिने जानकारी दिनुभयो ।
नेपालले लिने परराष्ट्र नीतिकै आधारमा विश्वमा कूटनीतिक सम्बन्ध विस्तार हुनेमा जोड दिनुहुँदै उहाँले विदेशमा रहेका नेपाली कूटनीतिक नियोगलाई प्रभावकारी बनाइने प्रतिबद्धता पनि जनाउनुभयो ।
कोभिड–१९ को महामारीका कारण स्थगित भएको सगरमाथा संवादलाई विश्व संवाद मञ्चको रुपमा विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्