जङ्गली हात्तीको आक्रमणबाट मकवानपुरमा एक सातामा दुई जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट फेरी एकजनाको मृत्यु भएको छ । मकवानपुरको पूर्वी बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय सन्तलाल माझीको बिहीबार साँझ हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
बिहीबार साँझ गोठमा गएको समयमा हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका माझीलाई उपचारको लागि हेटौँडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पछिल्लो एक सातामा मकवानपुरमा हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । सोही हात्तीकै आक्रमणबाट कहिदिनअघि जिल्लाको मनहरी गाउँपालिका–४ मा स्थानीय ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो । यस्तै बुधबार राति हात्तीको आक्रमणबाट हेटौँडा–१८ मानेडाँडाका ३० वर्षीय देव वाईबालाई घाइते बनाएको थियो ।
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको जङ्गली हात्ती मनहरी, हेटौँडा हुँदै अहिले बकैया–७ को कत्लेखोलामा पुगेको स्थानीयले बताएका छन् ।







प्रतिक्रिया राख्नुहोस्