तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। 

मोटरसाइकलको ठक्करबाट आज बिहान लालबन्दी नगरपालिका–७ दुर्गा मन्दिर चोक बस्ने ७० वर्षीय मौजे साह रौनियार मृत्यु भएको हो । 

लालबन्दीस्थित पुरानो नगरपालिका कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५८ प १८१६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइतेका वृद्ध रौनियारलाई लालबन्दीस्थित मोडेल अस्पतालमा प्राथमिक  उपचारपश्चात् थप उपचारका लागि न्युरो अस्पताल कलैया लगिएकोमा  चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ। 

वृद्धलाई आज बिहान ७ः०० बजेतिर ओमशान्तिमा जानका लागि सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने  मोटरसाइकल र त्यसका चालक महोत्तरीको गौशाला नगरपालिका–८, बस्ने २२ वर्षीय अनिल पाचे मगरलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button