माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक शुरु भएको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको हो । बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ ।
राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने दिन नजिकिँदै जाँदा दलहरू आन्तरिक छलफलमा जुटिरहेका छन् । माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आइरहेको छ । यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि मनोनयन तोकिएको छ ।








प्रतिक्रिया राख्नुहोस्