तपाईँ सुन्दै हुनुहुन्छः

एमालेले प्रस्ताव गरेको उम्मेदवार नै राष्ट्रपति बन्नुहुन्छ : सचिव भट्टराई 

सुर्खेत । राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न करिब एक साता बाँकी रहँदा नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता साझेदार दलबीच पुस १० गते भएको सहमति अनुसार नै एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले सत्ता साझेदार दलहरू बीच जुन जगमा टेकेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो, त्यही जगमा टेकेर नेकपा एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपति बन्नेमा विश्वस्त रहन आग्रह गर्नुभयो । 

नेकपा एमालेले देशव्यापी सञ्चालन गरेको पार्टी सुदृढीकरणका तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान लिएर कर्णाली आउनुभएका एमाले सचिव भट्टराईले राष्ट्रपतिलाई त्रासको विषयवस्तु बनाइनु गलत भएको बताउँदै संवैधानिक पदलाई शक्ति केन्द्रका रुपमा परिभाषित नगर्न आग्रह गर्नुभयो । 

अहिलेको सत्ता गठबन्धन नै ५ वर्षसम्म ढुक्कले चल्ने बताउँदै उहाँले देशलाई समृद्धि बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button