पिण्डेश्वर बाबाधाममा महाशिवरात्रि मनाउने भक्तजनको भिड

सुनसरी । सुनसरीको धरानस्थित पिण्डेश्वर बाबाधाम परिसरमा महाशिवरात्रि मनाउन भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
छिमेकी मुलुक भारतबाट पनि पिण्डेश्वर मन्दिरमा महाशिवरात्रि मनाउन भक्तजन आइरहेको बाबाधाम समितिका अध्यक्ष विकास वनेपालिले जानकारी दिनुभयो । उहाँका अनुसार आज यहाँ लघुरुद्री पुजा पनि हुनेछ भने साँझ ५ः०० बजे शिवको धुनी पनि बालिनेछ ।
पिण्डेश्वर बाबाधाम समितिले महाशिवरात्रिको अवसरमा हलुवा र मालपुवा प्रसादको रुपमा प्रत्येक बर्ष वितरण गर्दै आइरहेको र यसबर्ष पनि निरन्तरता दिएको बाबाधाम व्यवस्थापन समितिले जनाएको छ ।

मन्दिर परिसरमा आज व्रतबन्ध गर्नै र विवाह गर्नेको सङ्ख्या पनि उतिकै रहेको छ ।
व्रतोत्सवरू मध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
बिहानदेखिनै सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी परिचालित गरिएको सुनसरीका प्रहरी प्रमुख प्रभु प्रसाद ढकालले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्