एपिएफको फाइनल पुग्ने सम्भावना बलियो
काठमाडौँ । विभागीय नेपाल एपिएफ क्लबले काठमाडौँमा शनिबारदेखि शुरु भएको छैटौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । एपिएफले पहिलो खेलमा पुलिसलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।
लगातार दोस्रो हारसँगै पछिल्लो संस्करणमा फाइनल खेलेको आर्मीको फाइनल पुग्ने सम्भावना झिनो बनेको छ । लगातार दोस्रो जितसँगै एपिएफको दुई खेलबाट ६ अङ्क पुगेको छ । लगातार दोस्रो हार बेहोरेको आर्मीको अङ्कको खाता खोल्न सकेको छैन ।
२४ माघसम्म चल्ने प्रतियोगितामा तीन विभागीय टोलीसहित चार टोलीको सहभागिता रहेको छ । आइतबार र सोमबार लिग चरणका खेल हुनेछन् ।
मङ्गलवार प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल हुनेछ । शीर्ष २ टोलीले उपाधिका लागि खेल्दा पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्