तपाईँ सुन्दै हुनुहुन्छः

 जनजागृति मा.बि को कान्लामा २ सय बोट नास्पाती कलमी

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनजागृति माध्यमिक विद्यालयको जमिन खरवारी कान्लामा रहेको मेलका २ सय रुखको बोटमा  जापानीज हुस्सुई र चाइनिज जातको नास्पाती कलमी गरिएको छ ।

खेर गइरहेको मेलको रूखलाई सदुपयोग गरी विद्यालयको आर्थिक स्थितिलाई माथि उठाउने उद्देश्यले नास्पाती कलमी गरिएको हो । नास्पाती फल्नथालेपछी नास्पाती बिक्री गरेर विद्यार्थीको अतिरिक्त क्रियाकलापमा सहभागी हुने बिद्यार्थीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने, विद्यार्थीको सरसफाइको लागी प्रयोग हुने साबुन सेनिटाइजर र छात्राहरू महिनावारी भएको बेला सेनेटरी प्याड खरीद गरेर प्रयोग गर्नको लागी उपयोग गर्ने परिकल्पना गरी नास्पाती कलमी गरिएको विद्यालयका प्रधानाध्यापक जिवराज भण्डारीले बताउनुभयो 

नास्पाती कलमी गर्नको लागी त्रिवेणि गाउँपालिकाको ५ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा  त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख थमन बुढा मगर ,त्रिवेणी सब–डिभिजन वन कार्यालयका फरेष्ट दिपेन्द्र बुढा र माडी गाउँपालिका वडा नम्बर १ का उत्कृष्ट कृषक रनसिंह बुढा मगरको सक्रियतामा करिब २ सय मेलको बोटमा नास्पाती ड्राफ्टिङ्ग अर्थात् कलमी गर्ने कार्य सम्पन्न गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button