तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातले जुम्लामा विद्युत् सेवा अवरुद्ध

जुम्ला । मङ्गलवार बिहानदेखि भएको भारी हिमपातका कारण जुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दुई दिन देखि लगातार भएको हिमपातले कतै पोल ढल्ने, तार चुँडिने र ब्याट्रीमा चार्जर नभएपछि विद्युत् सेवा अवरुद्ध भएको हो । 

लामो समयपछि परेको हिमपातले राष्ट्रिय प्रसारण लाइन जुम्लामा अवरुद्ध भएको हो । दुई दिन देखि जुम्ला अँध्यारो भएको छ । इलेक्टोनिक पसल देखि व्यापार व्यवसाय क्षेत्र सबै प्रभावित भएका छन् ।  नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार निरन्तर हिमपातले जुम्लाको विभिन्न ठाउँमा बिजुलीका तार छुटिए पछि विद्युत् अवरुद्ध भएको हो । 

उहाँले भन्नुभयो,“ठाउँ ठाउँमा पोल ढलेका छन् । हिमपात जारी छ । पोल ढलेका छन् । मर्मत टिम फिल्डमै तैनाथ छ । मर्मत कार्य पनि जारी रहेको छ । बिद्युत् सेवाको प्रतिकुल समयमा थप महत्त्व हुने हुँदा हामी सचेत रहेका छौँ । लागि परेका छौ ।”

कठ्याग्रिदो चिसोलाई बेवास्ता गरेर समेत मर्मत कार्यमा जुटेको प्रमुख रावलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button