तपाईँ सुन्दै हुनुहुन्छः

वडा अध्यक्ष पुर्पक्षको लागि थुनामा

file photo

बारा । बाराका एक वडा अध्यक्ष पुर्पक्षको लागि थुनामा गएका छन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजु भनिने राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो ।

आदेशअनुसार प्रहरीले उनलाई हिजो वीरगंज कारागार चलान गरेको छ । कारागार चलानसँगै उनको पद स्वतः निलम्बित भएको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताउनुभयो । 

गत असोज १९ गते छिमेककी १४ वर्षीय एक किशोरीलाई घरमै बोलाएर जबर्जस्ती करणी गरेको आरोपमा पीडित किशोरीले असोज २५ मा उनीमाथि किटानी जाहेरी दिनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button