तपाईँ सुन्दै हुनुहुन्छः

गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीय खुशी

सल्यान । गाउँमा गाडी पुगेपछि सल्यान पलाटेका स्थानीय बासिन्दाहरूले खुसीयाली मनाएका छन् । 

वडा कार्यालयसम्म पुग्न सडक निर्माण कार्य सम्पन्न भएर पहिलो पटक गाउँमा गाडी पुगेपछि स्थानीयले खुसी व्यक्त गरेका हुन ।

सल्यानको छत्रेश्वरी गाउँपालिका १ पलाटेमा पहिलो पटक गाडी पुगेपछि निकै खुशी लागेको स्थानीय ७३ वर्षीय हिरालाल खत्रीले बताउनुभयो । यसरी आफ्नै गाउँमा यति चाँडै गाडी आइपुग्ला भन्ने नसोचेको उहाँको भनाई छ । 

गाडी गाउँमा प्रवेश गरेपछि रातो टीका बनाएर चालक र यात्रुलाई लगाएर खुशी साँटेको ७२ वर्षीय ७२ वर्षीय लाल बहादुर चन्दले बताउनुभयो । गाउँ नजिकैबाट सधैँ गाडी गुड्ने गरेको भएपनि आफ्नै गाउँबाट गाडी नचल्दा समस्या भएकोमा अब उक्त समस्या समाधान भएको उहाँको भनाई छ । बस्ती सडक सञ्जालसँग जोडिएसँगै बिरामीलाई जिल्ला बाहिर लैजान, काम पर्दा बाहिर जानका लागि सहज हुने उहाँले बताउनुभयो । 

सडक सञ्जाललाई प्राथमिकता दिएको बताउँदै वडाध्यक्ष प्रकाश हमालले बस्ती बस्तीसम्म पनि सडक पु¥याउने बताउनुभयो । आर्थिक बर्ष २०७९/०८० को वडा सरकार द्वारा विनियोजित बजेट रु ८ लाख बजेटबाट निर्माण भएको जरालोटे पोखरी ससेखोला जलेखर्क जोड्ने सडक निर्माण कार्य सम्पन्न भएको उहाँको भनाई छ । 

यस्तै, शारदा यातायात सेवा प्रालिका उपाध्यक्ष कर्ण देब बस्नेतले दाङ तुल्सिपुरदेखि श्रीनगर दमाचौर हुँदै पलाटेसम्म निरन्तर गाडी सञ्चालन हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button