तपाईँ सुन्दै हुनुहुन्छः

मधेस प्रदेशका सभामुख र उपसभामुखले लिनुभयो पद तथा गोपनीयताको शपथ 

wg’iff, $ df3M dw]z k|b]zsf] ;efd’vdf d08n / pk;efd’vdf /fpt dw]z k|b]zsf] gjlgo’Qm ;efd’v /fdrG› d08n / pk;efd’vdf alatfs’df/L /fpt . tl:a/M lg/~hgs’df/ ;fx÷/f;;

महेन्द्रनगर  । मधेस प्रदेशसभाका नवनिर्वाचित सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत इशरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

मधेस भवनमा आज उहाँहरूलाई प्रदेश प्रमुख हरिशङ्कर मिश्रले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

सभामुख र उपसभामुखको शपथ कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, विना विभागीय मन्त्री सरोजकुमार यादव लगायतको उपस्थिति थियो । मण्डल र इशर मङ्गलबार नै मधेस प्रदेशको सभामुख र उपसभामुखमा निर्वाचित हुनुभएको हो । 

मङ्गलबार बसेको प्रदेशसभा बैठकमा मण्डललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्तावको पक्षमा ७४ मत अर्थात् बहुमत सदस्यको समर्थन प्राप्त भएको थियो । कूल एक सय सात सदस्यीय प्रदेशसभामा एक सय तीन सदस्यले मत विभाजन प्रक्रियामा सहभागिता जनाउनुभएको थियो ।

मण्डललाई सत्ता गठबन्धन दल नेकपा(एमाले) , जनता समाजवादी पार्टी, नेकपा (माओवादी केन्द्र), जनमत, लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, नेपाल सङ्घीय समाजवादी पार्टी र स्वतन्त्रको समर्थन थियो । 

यसैगरी जनमत पार्टीका उम्मेदवार इशरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने पक्षमा ७२ मत प्राप्त भएको थियो । उहाँको विपक्षमा २९ मत खसेको थियो । 

उपसभामुखको निर्वाचन प्रक्रियामा एक सय एक सदस्यले सहभागिता जनाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button