दोस्रो डुमरवाना कप २०७९ शुरु
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका १५ मा दोस्रो डुमरवाना कप २०७९ शुरु भएको छ । जनमुखी युवा चारपाते क्लबको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा नगर प्रमुख पौडेलले खेल छेत्रको विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

आजदेखि शुरु भएको प्रतियोगिता माघ १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख १ सय ११ रुपैयाँ र उपविजेताले नगद ५० हजार १ सय ११ रुपैयाँ पाउने क्लबका अध्यक्ष रामेश्वर खाँ थारुले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्