तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशसभाको बैठक स्थगित

सुर्खेत ।कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

आइतबार काठमाडौँबाट पोखराको लागि ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको यती एयरको एटिआर ७२ जहाज पोखरा १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको घटनाप्रति शोक व्यक्त गर्दै सोमबार (आज) बस्ने भनिएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा उपसभामुखको चयन गर्ने कार्यतालिका रहेको थियो ।

सचिवालय जारी गरेको सूचनामा प्रदेशसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गते मङ्गलवार दिनको १ः०० बजे बस्ने गरी स्थगित भएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button