तपाईँ सुन्दै हुनुहुन्छः

वडा कार्यालयद्वारा खेलकुद सामाग्री वितरण

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ५ वडा कार्यालयले खेलाडीहरूलाई खेलकुद सामाग्री वितरण गरेको छ ।

वडा स्तरीय बजेटबाट बकुलिया र भवानीपुरका खेलाडीहरूलाई कार्यालयले जुत्ता, जुराफ, जर्सी, ग्लभ्स, फुटबल लगायतका सामाग्री वितरण गरेको हो ।

वडाअध्यक्ष दीपेन्द्र चौधरीले ४० जोडी जुत्ता, जुराफ र लेग गार्ड, २२ सेट जर्सी, २० थान फुटबल, ६ थान ग्लभ्स, चार थान चेन्जिङ बोर्ड लगायतका सामाग्री हस्तान्तरण गर्नुभयो । वडाध्यक्ष चौधरीले वडाभित्र खेलको विकासका लागि आफूले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button