इलामको जोगमाई खोलामा मकर स्नान गर्नेको घुँइचो

इलाम । इलामको माई र जोगमाई खोलाको दोभानमा पर्ने माइबेनीमा मकर मेला शुरु भएको छ ।
आज बिहानैबाट माईजोगमाईको दोभानमा मकर नुहाउनेको भिड लागेको हो । यहाँ मकर स्नान गर्दा सबै पाप हरण हुने धार्मिक विश्वास छ । माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाको संगम स्थलमा पर्ने बेनीमा मेला लगाउनकालागि केही दिन अघि दखि नै स्थानीय मेला आयोजक समितिले पहल गरेको थियो । मेलामा स्वदेशी र छिमेकी देश भारतबाट आएका भक्तजनको घुइँचो लागेको छ ।
माईमा स्नान गर्न इलाम सहित छिमेकी जिल्ला पाँचथर, ताप्लेजुङ, झापा सहित छिमेकी देश भारतको दार्जिलिङ, सिक्किम, मिरिकबाटहजारौँ सर्वसाधारण आउने गरेका छन् ।
यहाँ कोरोना महामारीका कारण विगतका बर्सहरूमा मेला लाग्न पाएको थिएन । मेलामा स्थानीयले उखु, सुन्तला, तरुल बिक्रीका लागि राखेका छन् । उक्त मेलामा उखु, तरुल, राडी पाखी र भाडा वर्तनको अत्यधिक ब्यापार हुने गरेको छ ।
मकर सघ्राान्तिका दिन पवित्र नदीमा गएर मकर स्नान गर्ने हिन्दुहरूको धार्मिक प्रचलन भए पनि माइबेनीमा संस्थागत रूपमा मेला लगाउने कार्य तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालादेखि सुरु भएको पाइन्छ । विसं १९२० देखि संस्थागत रूपमा माइबेनी मेला लगाउन सुरुवात भएको बताइन्छ। पहिले पहिले ताप्लेजुङदेखि राडी पाखी, गलैँचा लिएर आउने व्यापारी मेलाबाट फर्कँदा भोटेघोडा बिक्री गरेर जाने गरेको स्थानीय अग्रजहरुको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्