कर्णाली प्रदेशमा सभामुखका लागि कांग्रेसका पोखरेलको उम्मेदवारी दर्ता

सुर्खेत । कर्णाली प्रदेशसभामा सभामुखका लागि नेपाली कांग्रेसका खड्ग पोखरेलको उम्मेदवारी परेको छ ।
पोखरेलले शनिबार प्रदेशसभामा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीका अनुसार पोखरेलले बिहान करिब ११ः०० उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्