प्रदेश १ को सभामुखमा माओवादीका बाबुराम निर्विरोध

विराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित हुनुभएको छ । एकल उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । गौतम ओखलढुंगा प्रदेशसभा २ बाट निर्वाचित माओवादी केन्द्रका सांसद हुनुहुन्थ्यो । गौतमले आजै दिउँसो १ बजे शपथ लिँदै हुनुहुन्छ । ।
अरु कसैको उम्मेदवारी नपरेपछि ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतमलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएकाे हाे ।
प्रदेश १ मा उपसभामुखको निर्वाचन भने पुस ३० गते हुने भएकाे छ । सत्तारुढ गठबन्धनबिच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख नेकपा एमालेको भागमा परेको छ ।







प्रतिक्रिया राख्नुहोस्