तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टी–ट्वान्टी लिग: विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायरमा प्रवेश

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा ईलिमिनेटर खेलमा जित हासिल गर्दै विराटनगर सुपर किंग्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा विराटनगरले काठमाडौँलाई ९९ रनले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा विराटनगरले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौँले १२.४ ओभरमा अलआउट हुँदै ८३ रन मात्र बनायो ।

त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनायो । अब विराटनगरले फाइनलमा स्थान बनाउनका लागि जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । पराजित काठमाडौँ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

आइतबार भएको पहिलो क्वालिफायर जितेर लुम्बिनी अल स्टारले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । यस लिगको विजेताले ५५ लाख पाउने जनाइएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनेले १० लाख र चौथोले ५ लाख पाउने छन् । लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button