राजस्व छली भित्र्याइएको ९ सय १९ बोरा चामल बरामद
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका ११ रानीघाट स्थित ३ वटा चामल गोदाममा छापा मारी राजस्व छलेर भारतबाट भित्र्याइएको ९ सय १९ बोरा चामल बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भन्सार छली भित्र्याइएको चामल रानीघाटका ३ वटा गोदाममा लुकाएर राखिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बिर्ता र श्रीपुरको संयुक्त टोलीले छापा मार्दा २५ किलोको ९ सय १९ बोरा कतरनी, जिरा मसिनो र बासमती चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिनुभयो ।

संयुक्त प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका ११ स्थित देवशरण साहको चामल गोदामबाट ३ सय ५६ बोरा, कृष्ण साहको गोदामबाट १ सय ३६ बोरा र सुनिल साहको गोदामबाट ४ सय २७ बोरा गरी ९ सय १९ बोरा चामल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनुभयो ।
बरामद गरिएको चामल थप कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्