सम्मानजनक सहभागिता नभए जसपा सरकारमा नजाने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक सहभागिता भए सरकारमा जाने तर त्यसो हुन नसके वर्तमान सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय गरेको छ ।
जसपाको आज सम्पन्न राजनीतिक समितिको बैठकमा धेरैजसो नेताहरूले सरकारमा जानुपर्ने पक्षमा धारणा राखेको भए पनि बैठकले सम्मानजनक सहभागिता र सरकारको कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको नेता मनिष सुमनले बताउनुभयो ।
यस्तै बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकतासम्बन्धी वार्ताका लागि पार्टीका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति बनाएको पनि नेता सुमनले बताउनुभयो ।
समितिको सदस्यमा नेता रकम चेम्जोङ र गोविन्द चौधरी रहनुभएको छ ।
यस्तै जसपाको राजनीतिक समितिको बैठकले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरूबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरेको छ भने पार्टीको विधान अधिवेशनका लागि मस्यौदा बनाउन पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विधान मस्यौदा समिति समेत गठन गरिएको जसपाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्