तपाईँ सुन्दै हुनुहुन्छः

जनसांस्कृतिक महासङ्घको स्थापना दिवस सम्पन्न

काठमाडौँ । नेकपा एमाले कलाकर्मी निकट राष्ट्रिय जनसाँस्कृतिक महासङ्घको ३५ औँ स्थापना दिवस एक सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

महासङ्घले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा एमाले संस्कृति विभाग प्रमुख रघुजी पन्तले जनपक्षीय सिर्जनाले सांस्कृतिक र सामाजिक रूपान्तरणमा लाग्न प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा कलाकारहरूले नाटक, गीत र नृत्य प्रस्तुत गरेका थिए । त्यस अवसरमा महासङ्घले प्रकाशन गरेको संस्कृति पत्रिकाको विमोचन पनि गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button