प्रहरीद्वारा २ दिनमै १७ बिघामा लगाइएको अवैध गाँजा खेती नष्ट

सर्लाही । सर्लाही प्रहरीले दुई दिनमै १७ बिघामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको छ ।
सर्लाही प्रहरीले दुई दिनमै लालबन्दी नगरपालिका वडा नं. १४ नारायण खोलामा अवैध रुपमा लगाएको प्रतिबन्धित लागु औषध गाँजाको बोटहरू नष्ट गरेको छ । सर्लाही प्रहरीले नारायण खोलामा आइतबार ८ बिघा र सोमबार सोही ठाउँमा ९ बिघा गरी गाँजाको बोट फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी आए लगतै प्रहरीहरू एक्सनमा आएका हुन ।
नारायण खोलाको विभिन्न स्थानहरूमा अवैध लागुऔषध गाँजाको बिरुवा लगाएको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट समेत गरि प्रहरी टोली खटेर उक्त गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्