तपाईँ सुन्दै हुनुहुन्छः

किवी खेतीबाट मनग्य आम्दानी गर्दै सल्यानका किसान 

सल्यान । किवी खेतीबाट सल्यानका कृषकले यसबाट राम्रो आम्दानी लिन थालेका छन् । उत्पादित किवीको बजार समस्या नभएको र बारीबाटै बिक्री हुने भएपछि जिल्लाका किसानले किवी खेतीलाई थप विस्तार गर्दै लगेका छन् । 

थारै लगानी र कम परिश्रमबाट पनि राम्रो आम्दानी गर्न सकिने भएपछि सल्यानका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका हुन । 

सुरुमा खेती गर्दा यसबाट आम्दानी होला भनेर उनलाई विश्वास नै नलागेको छत्रेश्वरी गाउँपालिका बुराँसेकी नन्दकला कँवरले बताउनु भयो ।  तर अहिले उनले वार्षिक ३ देखि ४ लाख आम्दानी हुन थालेपछि उहाँमा अनुसार खुशीले मुस्कुराएको छ । उहाँले भन्नु भयो गाउँघरका सबैले किवी लगाएपछि अर्काको देखासिकी गरेर लगाएको हो । यसबाट केही होला भन्ने सुरुमा आशा थिएन । तर आजभोलि यसले धेरै राम्रो आम्दानी दिई रहेको छ । 

बुराँसेकै तेजबहादुर योगीले पनि किवी खेतीबाटै वार्षिक १४ लाख आम्दानी गर्दै आउनु भएको छ । सबै खर्च  कटाएर ८ देखि १० लाख चोखो बचत हुने उहाँको भनाई छ । चार रोपनीमा किवी खेती गर्दै आउनु भएका योगी सल्यानमै पहिलो व्यावसायिक किवी खेती गर्ने किसान हुनु हुन्छ । लगाएको एक वर्षबाट नै प्रतिफल लिन सकिने भएकाले पनि किवी खेती तर्फ सबैको आकर्षण बढेको उहाँको भनाई छ । 

व्यापारीले बारीबाट नै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गर्ने गरेको अर्का किसान चित्र बहादुर केसीले बताउनुले बताउनु भयो । सुरुमा परीक्षणका लागि लगाएको किवीले राम्रो उत्पादन र बजार मूल्य पनि राम्रो पाइरहेको उहाँको भनाई छ । 

बजारको समस्या नभएको, दुख कम र थोरै लगानीबाट पनि धेरै आम्दानी लिन सकिने भएपछि यहाँका किसानको पछिल्लो समय किवी खेतीतर्फ आर्कषण बढेको हो । छत्रेश्वरी बाहेक त्रिवेणी र कपुरकोटका किसानले पनि व्यावसायिक किवी खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

कृषि विकास कार्यालय सल्यानको तथ्यांकअनुसार जिल्लामा वार्षिक ७२ टन किवी केही किवी जिल्लाभित्रै खपत हुन्छ भने अधिकांश जिल्लाबाहिर निर्यात हुने गरेको कृषि विकास कार्यालय सल्यानका प्राविधिक सहायक मुकुन्द शर्माले बताउनु भयो । किवी खेतीका लागि सल्यानको हावापानी र भूगोल अनुकूल भएकाले पनि किवी खेतीको राम्रो सम्भावना रहेको उहाँको भनाई छ । किवी खेतीलाई प्रवद्र्धन गर्न चख्लाबन्दी कार्यक्रम अन्तर्गत अर्ग्यानिक उत्पादनमा जोड दिइएको शर्माले बताउनु भयो । 

उत्पादन भएको किवी काठमाडौँ, पोखरा, विराटनगर, धनगढी, बुटवल, दाङलगायत भारतमा समेत निर्यात हुने

गरेको छ । 

किवीलाई स्वास्थ्यवद्र्धक फल मानिन्छ । बहुउपयोगी गुणका कारण उत्कृष्ट मानिने यो फलको हाल जिल्लमा खेती तथा खपत दर दुवै बढेको छ  

प्रतिक्रिया राख्नुहोस्

Back to top button